IME Life

साना दाबीलाई यथाशीघ्र भुक्तानी गर्न प्राधिकरणको निर्देशन, प्रमाण जुटेको १५ दिनमा फर्छ्यौट गर्नै पर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई साना प्रकृतिको दाबी भुक्तानी न्युनतम कागजपत्र जुटेको १५ दिन भित्र फर्छ्यौट गर्न निर्देशन जारी गरेको छ ।

निर्जीवन बीमा कम्पनीले २ लाखसम्मको दाबीलाई सानो दाबी मानी यथाशीघ्र फर्छ्यौट गर्नुपर्नेछ । बाली, पशुपन्छी, कृषि तथा लघु बीमा तर्फ ५० हजारसम्मको दाबीलाई सानो दाबी मानि यथाशीघ्र फरछ्यौट गर्नुपर्नेछ । यस्ता दाबी भुक्तानीका लागि न्युनतम प्रमाणहरु प्राप्त भए पछि १५ दिन भित्रमा दाबी फर्छ्यौट गर्नु पर्ने व्यवस्था गरेको हो ।

Prabhu
Crest

त्यस्तै बीमा कम्पनीहरुले दाबी भुक्तानीको त्रैमाशिक विवरण १५ दिन भित्रमा सार्वजनिक गर्ने भएको छ । प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शन (दोस्रो स्शोधन) २०७९ मा यस्तो व्यवस्था थप गरेको हो । बीमा दाबी भुक्तानीको मुल मार्गदर्शनको दफा १८ मा संशोधन गर्दै उपदफा २ पछि उपदफा तीनमा ‘बीमकले दाबी भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको मितिले पन्ध्र दिन भित्र अनुसूची-३ बमोजिमको ढाँचामा प्राधिकरण समक्ष प्रतिवेदन बुझाउनु पर्नेछ ।

बीमादाबी_२०७९_20230214_0001

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS