IME Life

सन नेपालको नाफा करीब साढे ४ गुणाले बढ्यो, व्यवसाय पनि बढ्दो

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ३४० दशमलव ९० प्रतिशत (४ दशमलव ४० गुणा ) धेरै खुद नाफा गर्न सफल भएको छ । कम्पनीले अहिले दोश्रो त्रैमाससम्म ३५ करोड ३९ लाख माथि खुद नाफा गर्दा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८ करोड ०२ लाख खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्म १ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत वर्ष ६ महिनामा १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क २० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको एउटा महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकार ३८ दशमलव ५६ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब २४ करोड पुगेको छ। गत वर्ष पुष मसान्तसम्म जीवन बीमा कोषमा ३ अर्ब ०६ करोड संचित थियो ।
२ अर्ब २४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७७ लाख संचित छ । जगेडा कोष रकम ९५ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष भन्दा कम्पनीले ८२ दशमलव ९४ प्रतिशत धेरै दाबी भुक्तानी गरेको छ । कम्पनीले ३६ करोड २८ लाख खुद दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS