IME Life

व्यवसाय वृद्धि : नेपाल लाइफको नगन्य, एलआईसीको ऋणात्मक र नेशनल लाइफको उच्च

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको (६ महिना) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रहेको छ त्यस्तै एलआइसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोकेको पुँजी भन्दा पनि धेरै छ भने एलआईसी नेपाल र नेशनल लाईफको भने पुँजी कम रहेको छ ।

जगेडा कोषको आधारमा :
नेपाल लाइफको जगेडा कोषमा ४८ करोड ०४ लाख संचित छ भने नेशनल लाइफको जगेडा कोषमा २६ करोड ६५ लाख रुपैयाँ संचित छ र एलआइसी नेपालको जगेडा कोषमा ७१ करोड ३४ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाइफ अघि छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब छ भने एलआइसी नेपालको जीवन बीमा कोषमा १ खर्ब १ अर्ब छ त्यस्तै नेशनल लाइफको जीवन बीमा कोषमा ५६ अर्ब १५ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
६ महिनाको अवधिमा नेपाल लाइफले १८ अर्ब ४० करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने एलआइसी नेपालले ८ अर्ब ६८ करोड खुद बीमा शुल्क आर्जन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ५३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसाय वृद्धि दर :
नेपाल लाइफको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा १ दशमलव ६० प्रतिशतले वृद्धि हुँदा नेशनल लाइफको १० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ भने एलआईसी नेपालको खुद बीमा शुल्क आर्जन भने ९ दशमलव ३८ प्रतिशतले घटेको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा नेपाल लाइफ ४४ करोड ०१ लाख खुद नाफामा रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले २२ करोड ७३ लाख खुद नाफा गरेको छ त्यस्तै एलआइसी नेपाल ९ करोड ८७ लाख खुद नाफामा रहेको छ ।

प्रति शेयर आम्दानी :
नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा, नेशनल लाइफको ९ रुपैयाँ ८० पैसा र एलआईसी नेपालको ७ रुपैयाँ ४४ पैसा छ ।

किताबी मूल्य:
एलआईसी नेपालको किताबी मूल्य १४० रुपैयाँ ५२ पैसा हुँदा नेपाल लाइफको ११६ रुपैयाँ ०१ पैसा र नेशनल लाइफको ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।

भुक्तानी हुन बाँकी दावी :
नेपाल लाइफको भुक्तानी हुन् बाँकी दावी १ अर्ब १० करोड हुँदा नेशनल लाइफको ७७ करोड ८९ लाख र एलआईसी नेपालको ४१ करोड ७४ लाख छ ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

0%

अचम्मित

30%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS