IME Life

साविक ज्योति लाइफको नाफा १०६ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन १ अर्ब ३७ करोड

SPIL
NIC ASIA

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन कुल बीमा शुल्क आर्जन दुबै घटेको छ । हाल सूर्या लाइफ र ज्योति लाइफले एक आपसमा मर्जर गरी सूर्याज्योतिको नामबाट एकिकृत कारोबार गर्दै आइरहेका छन् ।

२ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १६ करोड २७ लाख रुपैयाँ संचिती रहेको छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बढेकोे छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड थियो । गत वर्षको तुलनामा जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले २७ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १०६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ३७ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आथिृक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ६४ कोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको हो ।

कम्पनीले १९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले ९ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस अवधिसम्ममा बढी दाबी तिरेको देखिएको छ ।

कम्पनीले यस त्रैमाससम्ममा१ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ४३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १५४ रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS