IME Life

प्रभु लाइफको नाफामा उल्लेख्य बृद्धि हुँदा प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचक बढेको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बढेकोे छ । गत वर्ष ४१ करोड ९९ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६० करोड थियो । गत वर्षको तुलनामा जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले १२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १०७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ९८ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको हो ।

कम्पनीले ३७ करोड ४४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थि कवर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस अवधिसम्ममा बढी दाबी तिरेको देखिएको छ । यस अवधिमा हेदाृ कम्पनीको भुक्तानी हुन दाबी संख्या ७ वटा मात्र देखिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS