IME Life

युनियन लाइफको जीवन बीमा कोष ३८ प्रतिशतले बढ्यो, मुनाफा १० करोड माथि

SPIL
NIC ASIA

काठमाडौं । युनियन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ४७ प्रतिशतले मुफा बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १० करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ८ लाख रुपैयाँ थियो ।

कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेख्य सुधार देखिन्छ । समिक्षा अवधिमा कम्पनीले जीवन बीमा कोष ३८ प्रतिशतले बढाएर १३ अर्ब २४ करोड पुर्याएको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ५३ करोड थियो । तर बीमा व्यवसायमा भने गिरावट आएको छ । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले घटेर तीन अर्ब ६२ करोडमा झरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

व्यवसायमा गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने अभिकर्ता कमिशनमा पनि ३८ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशन खर्च जम्मा ३९ करोड ७९ लाख रुपैयाँ मात्रै छ । जवकी गत वर्षको यहि अवधिमा ६४ करोड ८८ लाख थियो ।

मर्जरको अन्तिम तयारीमा रहेको युनियन लाइफको हालको चुक्ता पूँजी भने २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ मात्रै छ । बीमाङ्कीय मूल्याङ्कन गर्न बाँकी भएकाले यसमा परिवर्तन आउन सक्नेछ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS