IME Life

सिटिजन लाइफको बीमा कोष ५५% ले बढेर साढे ७ अर्ब पुग्यो, जगेडाकोषमा १ अर्ब २५ करोड संचिति

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ९ दशमलव १५ प्रतिशत धेरै खुद नाफा गर्न सफल भएको छ । कम्पनीले अहिले दोश्रो त्रैमाससम्म १२ करोड ०३ लाख माथि खुद नाफा गर्दा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ११ करोड ०२ लाख खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पुष महिनासम्म २ अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत वर्ष ६ महिनामा २ अर्ब ४८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।समिक्षा अवधिमा कुल बीमा शुल्क करीब ७ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको एउटा महत्वपूर्ण सूचक जीवन बीमा कोषको आकार ५५ दशमलव ४० प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ। गत वर्ष पुष मसान्तसम्म जीवन बीमा कोषमा ४ अर्ब ८८ करोड संचित थियो ।
२ अर्ब ६२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब २५ करोड संचित छ । जगेडा कोष रकम ५६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष भन्दा कम्पनीले ४३ दशमलव ७१ प्रतिशत धेरै दाबी भुक्तानी गरेको छ । कम्पनीले ७२ करोड ३३ लाख खुद दावी भुक्तानी गरेको छ ।

त्यस्तै भुक्तानी हुन् बाँकी दाबी रकम १७ करोड १० लाख रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS