IME Life

आइएमई लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार, दाबी भुक्तानी भने ह्वात्तै बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ५० प्रतिशतले मुनाफा बढाएर ११ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ७९ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढेर एक अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन एक अर्ब ५९ करोड थियो । प्रथम बीमा शुल्क आर्जनमा गिरावट सँगै कम्पनीको अभिकर्ता कमिशन खर्च भने घटेको छ । अभिकर्ता कमिशन १९ प्रतिशत घटेर २२ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ ।

Prabhu
Crest

त्यस्तै व्यवसाय विस्तार सँगै खुद दाबी भुक्तानी पनि ३८ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ५२ करोड ७४ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ ।

खुद बीमा शुल्क आर्जनमा बृद्धि हुँदा जीवन बीमा कोष ४१ प्रतिशतले बढेको छ । दोस्रो त्रैमिश अवधिसम्ममा जीवन बीमा कोषमा ५ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा तीन अर्ब ८७ करोड रुपैयाँ थियो ।

चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी भने ८ रुपैयाँमा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS