IME Life
Beema Board

नेशनल लाइफको जीवन बीमा कोष ५६ अर्ब नाघ्यो, मुनाफा ५७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ५७ प्रतिशले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा २२ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा १४ करोड ४१ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको जीवन बीमाकोष १८ प्रतिशतले बढेको छ । यस्तो कोषमा ५६ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा ४७ अर्ब २१ करोड थियो । नेशनल लाइफले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १० प्रतिशतले सुधार गरेको छ । पुस मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा ६ अर्ब ७९ करोड थियो ।

Prabhu
Crest

यसै अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ५६ करोडको दाबी भुक्तानी भएको थियो । अभिकर्ताले समिक्षा अवधिमा ७३ करोड ९३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीले अझै ७७ करोड ८९ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

नेशनल लाइफको चुक्ता पूँजी ४ अर्ब ६४ करोड पुगेको छ । जगेडा कोषमा २६ करोड ६५ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ९.८० रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS