IME Life
Beema Board

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप हुँदा वार्षिक तलब सुविधा घट्यो, लिए ८२ लाख २९ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णको दोस्रो कार्यकालमा तलब सुविधा घटेको छ । उनको कार्यकाल थप्ने समयमा कम्पनीले साविक तलब सुविधा भन्दा घटाएको पाइएको छ ।

कर्णले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ८२ लाख ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जवकी यस भन्दा अगाडीको आर्थिक वर्षमा उनको वार्षिक तलब सुविधा ८४ लाख १२ हजार थियो । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा उनको कार्यकाल थप हुँदा ग्रेड घटेकोले तलव सुविधा घटाइएको उल्लेख गरिएको छ ।

Prabhu
Crest

कर्णले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नियम अनुसार पाउने कर्मचारी बोनस भने पाएका छैनन् । यो रकम प्राप्त गरे पछि उनको यस आर्थिक वर्षमा बुझेको जम्मा रकममा बृद्धि हुनेछ । जवकी कर्णले यस भन्दा अगाडी ९१ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका थिए । उनले तलब सुविधा बापत ८४ लाख १२ हजार, कर्मचारी बोनस बापत ६ लाख ७२ हजार, जीवन बीमा बापत २० हजार १५१ रुपैयाँ प्रिमियम, दुर्घटना बीमा बापत ३१५ रुपैयाँ प्रिमियम र स्वास्थ्य बीमा बापत ३२०० रुपैयाँ प्रिमियम कम्पनीले उल्लब्ध गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS