SKIP THIS

GBIME
IME Life
Beema Board

मंगलबारको सुधार टिक्न सकेन, ७.१३ अंकले घट्दा तीन अर्ब ६९ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार ७६ अंकले बढेको नेप्से सूचक आज बुधबार भने ७.१३ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय सूचकहरु सकारात्मक देखिएको भन्दै मंगलबार नेप्से सूचकमा उल्लेख्य सुधार आएको छ ।

आजको शेयर बजारमा राजनीतिक गतिरोधको असर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकार छाड्ने र विश्वासको मत किन फिर्ता नलिएको भन्दै प्रश्न गरेका थिए । राष्ट्रिय स्तवन्त्र पार्टीले पुन सरकारमा जाने चर्चाले हिजो शेयर बजारलाई सपोर्ट गरेको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टी प्रति नैतिक प्रश्न उठे पछि आजै शेयर बजारलाई असर गरेको हो ।

Prabhu
Crest

आज बुधबार नेप्से सूचक ७.१३ अंकले घटेर २१७०.२१ अंकमा झरेको छ । सूचक तल झरे सँगै आजै लगानीकर्ता नाफा बुक गर्न सुरु गरेका छन् । ठुला लगानीकर्ताले नाफा बुक गर्दा तीन अर्ब ६९ करोड करोडको कारोबार भएको छ ।

आज १४२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ६७ वटाको बढेको छ । आज सर्वाधिक धेरै तेह्रथुम पावरको ३.३२ प्रतिशतले बढेको छ । नेपाल रि-इन्स्योरेन्स कम्पनीको सर्वाधिक धेरै ११ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

अन्य सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्समा देखिन्छ । नेपाल राष्ट्र बैंकले सकारात्मक प्रतिवेदन सार्वजनिक गरेको भन्दै मंगलबार सूचक बढे पनि बुधबार त्यसले निरन्तरता पाउन सकेन । सामान्य सुधारमा पनि नाफा बुक गर्ने अल्पकालिन लगानीकर्ताको ट्रेण्डले गर्दा बजार एकोहोरो सुधार हुन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS