IME Life
Beema Board

यी हुन शिखर इन्स्योरेन्सका सर्वाधिक ठुला १४ लगानीकर्ता, कसको लगानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीमा १४ ठुला लगानीकर्ताले ५२.५२ प्रतिशत हिस्सा ओगटेका छन् । एक प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएका शेयरधनीहरुलाई आधारभुत शेयरधनीको रुपमा हेरिन्छ ।

शिखरमा सबैभन्दा ठुलो लगानी गौरव अग्रवालको रहेको छ । अग्रवालको १२.३२ प्रतिशत अर्थात २८ करोड १७ लाख रुपैयाँ बराबरको लगानी रहेको छ । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो लगानी बढाएका हुन् । यस भन्दा अगाडी उनको लगानी १९ करोड ५१ लाख बराबरको थियो ।

Prabhu
Crest

बुद्ध एयरको नाममा रहेको १.८५ प्रतिशत शेयर विरेन्द्र बहादुर बस्नेतले खरिद गरेका छन् । अघिल्लो आर्थिक वर्षमा बुद्ध एयरको शेयर हिस्सा ८.०३ प्रतिशत थियो । अहिले घटेर ६.१८ प्रतिशतमा झरेको छ । बुद्ध एयरका सञ्चालक विरेन्द्र बहादुर बस्नेतले नै आफ्नो नाममा खरिद गरेका हुन् ।

विकाश जंग बहादुर रानाले पनि आफ्नो शेयर हिस्सा घटाएका छन् । अघिल्लो आर्थिक वर्षमा उनको शेयर हिस्सा ६.९८ प्रतिशत थियो । अहिले घटेर ४.०४ प्रतिशतमा झरेको छ । कान्तिपुर पब्लिकेशनका प्रकाशक कैलाश सिरोहियाले पनि केहि शेयर बिक्री गरेका छन् । उनको अघिल्लो आर्थिक वर्षमा ३.७९ प्रतिशत लगानी रहेकोमा अहिले ३.६७ प्रतिशतमा झरेको छ । उनले गत आर्थिक वर्षमा प्राप्त गरेको बोनस सहित केहि शेयर बिक्री गरेका छन् ।

पवित्र कुमार कार्कीको १.६८ प्रतिशत, शेखर बस्नेतको १.०५ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको ३.६५ प्रतिशत, लोमश इन्भेष्टमेन्टको २.६९ प्रतिशत, पवन कुमार अग्रवालको १.७२ प्रतिशत लगानी रहेको छ । किरण प्रकाश पाण्डे, जितेन्द्र बहेती, शशिकानत अग्रवाल, चन्दा शेर्पाले शेयर बिक्री गरेर हिस्सा घटाएका छन् । उनिहरुले प्राप्त बोनस सहित केहि शेयर बिक्री गरे अन्यन्त्र सेटलमेन्ट गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

15%

दु :खी

35%

अचम्मित

15%

उत्साहित

15%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS