IME Life

प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफको बजार हिस्सा १८ प्रतिशतमा खुम्चियो, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । कुनै समय जीवन बीमा उद्योगको एक्लो शासक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पछिल्ला महिनामा दिनानु दिन खुम्चिदै जान थालेको छ । चार/पाच वर्ष अगाडी जीवन बीमा व्यवसायको ३९ प्रतिशत बजार हिस्सा ओगट्ने नेपाल लाइफ अहिले १८.२६ प्रतिशतमा खुम्चिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रथम बीमा शुल्क आर्जन तर्फ नेपाल लाइफको हिस्सा १८.२६ प्रतिशतमा झरेको हो । जीवन बीमा व्यवसायको बृद्धिदरको मापन गर्दा प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरलाई हेरिन्छ । जव प्रथम बीमा शुल्क आर्जनको बृद्धिदर खुम्चिदै जान्छ आगामी वर्षमा त्यो कम्पनीको नविकरण बीमा शुल्क आर्जनको बृद्धिदरमा धक्का पुग्न जान्छ ।

Prabhu
Crest

नविकरण बीमा शुल्क आर्जन तर्फ नेपाल लाइफको हिस्सा २७.९२ प्रतिशत छ भने कुल बीमा शुल्क आर्जन तर्फ २६.०१ प्रतिशत मात्रै छ । जीवन बीमा कम्पनीहरु मध्ये दोस्रो ठुलो बजार हिस्सा एलआइसी नेपालको छ । एलआइसीको कुल बीमा शुल्क आर्जन तर्फ बजार हिस्सा १२ प्रतिशत रहेको छ । नविकरण तर्फ १३ प्रतिशत छ तर प्रथम बीमा शुल्क आर्जन तर्फ ७.९५ प्रतिशतमा सिमित छ ।

प्रथम तर्फ दोस्रो ठुलो बजार हिस्सा नेशनल लाइफको ११.४७ प्रतिशत रहेको छ । कुल तर्फ भने १०.७३ प्रतिशत रहेको छ । यसरी सबैभन्दा ठुला तीन बीमा कम्पनीहरुले कुल जीवन बीमा व्यवसायको झण्डै आधा अर्थात ४८.९२ प्रतिशत ओगटेका छन् ।

चौथो ठुलो बजार हिस्सा राष्ट्रिय बीमा संस्थानको ८.५८ प्रतिशत रहेको छ । संस्थानको नविकरण तर्फ १०.०८ प्रतिशत रहेको छ भने प्रथम तर्फ जम्मा २.४८ प्रतिशत मात्रै छ । संस्थानको व्यवासायमा केवल नविकरणको मात्रै साथ छ ।

कुल तर्फको बजार हिस्सामा नयाँ बीमा कम्पनीहरु मध्ये युनियन लाइफ अगाडी देखिए पनि प्रथम तर्फ भने सन नेपाल लाइफ रहेको छ । सन नेपाल लाइफले वेदेशिक रोजगार बीमालेख मार्फत प्रथम बीमा शुल्क आर्जनमा छलाङ मारेको छ । तर यस्तो व्यवसाय केवल अल्पकालिन मात्रै हुन्छ । सन नेपाल लाइफको प्रथम तर्फ बजार हिस्सा ६.८२ प्रतिशत भए पनि नविकरण तर्फ केवल १.७० प्रतिशत मात्रै छ । अहिलेको व्यवसायको प्रकृतिलाई हेर्दा आगामी वर्षमा यो भन्दा पनि तल झर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS