IME Life
Beema Board

बीमा प्राधिकरणकाे कार्यालय बुटवलमा खुलेलगत्तै बीमकका प्रादेशिक प्रमुखसँग अन्तरकृया

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै । नेपाल बीमा प्राधिकरणकाे लुम्बिनी प्रदेश स्तरिय कार्यालय स‌ंचालनमा आएसँगै सकृयता बढाएकाे छ । लुम्बिनी प्रदेशकाे बुटवल कालिकानगरमा स्थापना गरिएकाे प्रादेशिक कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनीकाे प्रादेशिक प्रमुखहरुसँग म‌ंगलबार अन्तरकृया गरेकाे हाे । प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापा नेतृत्वकाे टाेलीले प्रादेशिक कार्यालयमा परिचयात्मक कार्यक्रमसँगै बीमा क्षेत्रकाे सेवालाई अझै विश्वसनीय बनाउनका लागी बीमा प्राधिकरण र बीमा कम्पनीका कर्मचारीबीच सुमधुर सम्बन्ध र समन्वयमा जाेड दिइएकाे थियाे ।

उपनिर्देशक थापाले बीमा सेवा प्रवाह गर्दा आइपर्ने समस्यालाई नियामक तहबाट छिटाेभन्दा छिटाे सम्बाेधन र समाधान गर्न आफ्नाे सम्पूर्ण टाेली सकृय रहने प्रतिबद्धता व्यक्त गरे। उनले  बीमा प्रति आमनागरिकमा सचेतना अभिवृद्धिका लागी सबै पक्षकाे हातेमालाे आवश्यक रहेकाेमा समेत जाेड दिएका छन् ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले प्रादेशिक अवधारणा अन्तर्गत सातवटै प्रदेशमा कार्यालय स्थापनाकाे कामलाई अन्तिम चरणमा पुर्याएकाे छ । मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशकाे कार्यालयहरू औपचारिकरुपमै स‌ंचालनमा ल्याई सकेकाे छ । अब पूर्वमा प्रदेश नम्बर १ काे विराटनगर, मध्य पश्चिममा लुम्बिनीकाे बुटवल र गण्डकीकाे पाेखरामा प्रादेशिक कार्यालय उद्घाटनकाे तयारी भइरहेकाे छ। बागमती प्रदेशकाे काठमाण्डाैमा केन्द्रीय कार्यालय समेत रहेकाे र अधिका‌ंश बीमककाे प्रधान कार्यालय काठमाण्डाैंमै केन्द्रित रहेकाले बेग्लै प्रादेशिक कार्यालय संचालनमा ल्याउने सम्बन्धमा प्राधिकरणले कुनै ‍औपचारिक घाेषणा गरेकाे छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS