SKIP THIS

GBIME
IME Life
Beema Board

मेयर बालेन र ल क्याम्पसले महानगरका ३२ वडामा निःशुल्क कानुनी सेवा उपलब्ध गराउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेको ३२ वडामा निशुल्क कानुनी सेवा उपलब्ध गराउन डेक्स स्थापना गर्ने भएको छ । यसबारे काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पसबिच काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निशुल्क कानुनी सेवा उपलब्ध गराउने बारे सम्झौताभएको हो । सम्झौता पत्रमा महानगरको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत वसन्त अधिकारी र ल क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा.डिएन पराजुलीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिक रुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ। नेपाल ल क्याम्पसमा एल एल एम, एल एल बि तथा बिए एलएलबि तहमा अध्ययनरत विद्यार्थीले कार्यालय अवधिभर वडा कार्यालय र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत मासिक १५ हजार रुपैयाँ सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ । महानगरबासीलाई निशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ।

Prabhu
Crest

निशुल्क कानुनी परामर्श सेवा मार्फत काठमाडौं महानगरपालिकालाई एक जिम्मेवार, नागरिकमैत्री र प्रभावकारी स्थानिय सरकारको रुपमा स्थापित गराउने उदेश्य रहेको महानगरले जनाएको छ । सम्झौता कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल तथा महानगरका पदाधिकारी एवम ल क्याम्पसका क्याम्पस प्रमुख डा.डिएन पराजुली प्रशासन प्रमुख अर्जुन प्रसाद लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS