IME Life

तरलता सहज हुँदा पनि बढ्न सकेन शेयर बजार, २ अर्ब ८६ करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदा पनि यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएको भन्दै बजारबाट ५ अर्ब रुपैयाँ तान्दैछ । शेयर बजार र तरलताको सम्बन्ध हुने भएकाले तरलता सहज हुँदा बजार बढ्ने गर्छ । तरलता नहुँदा बजार तल झर्छ ।

बैंकहरुमा पछिल्लो समय कर्जाको माग छैन । नयाँ कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिन थालेको हो । कर्जा लिएकाहरुलाई नै व्याज र किस्ता तिर्न धौ धौ छ । यसले गर्दा बजारमा कर्जाको माग एकदमै न्युन छ । यदि यसरी नै कर्जाको माग घट्दै जाने हो भने आगामी दिनमा तरलता सहज हुँदै जाने देखिन्छ । जसले निक्षेपको व्याजदर थप घटाउनेछ र कर्जाको व्याजदर घटाउन पनि दवाव सिर्जना गर्नेछ ।

Prabhu
Crest

साताको अन्तिम दिन आज शेयर बजारमा तिब्र उताचरचढाव देखियो । आज एकदमै झिनो ०.३५ अंकले बजार घटेको छ । कारोबार रकम पनि २ अर्ब ८६ करोडमा सिमित भएको छ । १०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आए पनि १०१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

चार वटा कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । आज होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापारको सूचकमा सुधार देखिएको छ । यस बाहेक अन्य सूचकमा भने सुधार हुन सकेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS