SKIP THIS

GBIME
IME Life
Beema Board

रुक्मणी माध्यमिक विद्यालयमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा प्राधिकरणले पछिल्लो समय बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । प्राधिकरणले देशको शुगम तथा दर्गम ठाउँमा गएर बीमा समबन्धी जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । यसैक्रममा प्राधिकरणले नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो ।

Prabhu
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले गाउँ/ गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको बताए ।

उपनिर्देशक सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गरे ।

रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती दिएका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS