IME Life
Beema Board

दोश्रो त्रैमासको तथ्याङ्कलाई हेर्दा एनआईसी एशिया र नबिलमध्ये वित्तीय रुपमा कुन बैंक बलियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । एनआईसी एशिया बैंक र नबिल बैंक नेपालका दुई चर्चित वाणिज्य बैंक हुन् । नबिल बैंक निरन्तर लाभांश र नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे पश्चात ठूलो भएको छ भने एनआईसी एशियाले विगत दुई आर्थिक वर्ष देखि लाभांश नदिँदा जगेडा कोषहरु बलियो बनाउन सफल भएको छ ।
चालु आर्थिक वर्ष (२०७९/८०) को दोश्रो त्रैमासको आधारमा दुई बैंकलाई शेयर पूँजी, संचित नाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य, मूल्य आम्दानी अनुपात र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

Prabhu
Crest

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा :
नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ०५ करोड छ भने एनआईसी एशिया बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा नबिल बैंक धेरै नै अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा एनआईसी एशिया बैंकको धेरै छ । एनआईसी एशिया बैंकको संचित नाफा ३ अर्ब ७५ करोड हुँदा नबिल बैंकको १ अर्ब २४ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नबिल बैंक अघि छ । नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ संचित छ भने एनआईसी एशिया बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
एनआईसी एशिया बैंकले ३ खर्ब ५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नबिल बैंकले ३ खर्ब ४७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
एनआईसी एशिया बैंकले ६ महिनाको अवधिमा ६ अर्ब २९ करोड खुद व्याज आम्दानी गर्दा नबिल बैंकले ७ अर्ब ८३ करोड खुद व्याज आम्दानी गरेको छ ।

संचालन नाफाको आधारमा :
एनआईसी एशिया बैंकले चालु आवको दोश्रो त्रैमाससम्म ४ अर्ब ६९ करोड संचालन नाफा गर्दा नबिल बैंकले ४ अर्ब ८६ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
एनआईसी एशिया बैंकले चालु आवको दोश्रो त्रैमाससम्म ३ अर्ब २७ करोड खुद नाफा गरेको छ भने नबिल बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
वार्षिक प्रति शेयर आम्दानीको आधारमा एनआईसी एशिया बैंक धेरै अघि छ । एनआईसी एशिया बैंकको प्रति शेयर आम्दानी ५६ रुपैयाँ ६१ पैसा छ भने नबिल बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ २६ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
नबिल बैंकको निस्क्रिय कर्जा २ दशमलव ९८ प्रतिशत हुँदा एनआईसी एशिया बैंकको शून्य दशमलव ६१ प्रतिशत छ।

किताबी मूल्य :
एनआईसी एशिया बैंकको किताबी मूल्य २४३ रुपैयाँ ९७ पैसा छ भने नबिल बैंकको किताबी मूल्य १९९ रुपैयाँ १२ पैसा छ ।

बजार मूल्य :
हाल एनआईसी एशिया बैंकको बजार मूल्य ८३५ रुपैयाँ हुँदा नबिल बैंकको ७१० रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै हालको बजार मूल्यलाई आधार मान्दा एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ७५ गुणा हुँदा नबिल बैंकको २८ गुणा छ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS