IME Life
Beema Board

सगरमाथा र युनियन लाइफको लाभांश संशोधन, कसको बढ्यो कसको घट्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई लाभांश संशोधन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सगरमाथा इन्स्योरेन्सलाई यस अगाडी घोषणा गरेको बोनस शेयरलाई थोरै घटाउन निर्देशन दिएको छ । निर्देशन सँगै सगरमाथाले १२.५० प्रतिशतको बोनस शेयरलाई १२.४० प्रतिशतमा झारेको छ ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गर्दा प्राधिकरणले वित्तीय विवरण हेरेर १२.४० प्रतिशतमा झारिदिएको हो । अव कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्न पाउने छ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् ।

Prabhu
Crest

त्यस्तै युनियन लाइफलाई भने बोनस शेयर बढाउन निर्देशन दिएको छ । युनियनको सञ्चालक समितिले पुस १२ गते चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । प्राधिकरणको निर्देशन पछि लाभांश परिमार्जन गर्दै ८.९७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । युनियन लाइफले पनि आगामी वार्षिक साधारणसभामा उक्त लाभांश पारितका लागि पेश गर्नेछ । साधारणसभाले लाभांश पारित गरे पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

1673607214030

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS