IME Life
Beema Board

नेपाल लाइफले मधेश प्रदेशबाट एमडीआरटी बन्न सफल उत्कृष्ट अभिकर्तालाई गर्यो सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशबाट एमडिआरटीमा छनोट हुन सफल उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादबलाई समान्न गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले काठमाडौँमा भव्य कार्यक्रमकाबीच सम्मान गरेको हो । मोकेन्द्र यादबसहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना अभिकर्ता सम्मानित भएका थिए ।

Prabhu
Crest

मिहेनत र लनगसिलताकै कारण एमडिआरटी बन्न सफल भएको यादबले बताए । यस्तो सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको उनले जनाए । नेपालका ठुल्ठुला व्यापारी व्यवसायीहरुले भारतीय अभिकर्ता मार्फत भारतीय बीमा कम्पनीमा बीमा गर्थे । अहिले त्यो अवस्था नरहेको यादबको भनाइ छ ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सो अवसरमा पुनर्ताजगी तालिमसमेत प्रदान गरेको छ । सन् २०२२ मा तोकिएको लक्ष्य पूरा गर्ने २४३ जना अभिकर्ताहरू २०२३ का लागि छनौट भएका छन् । कार्यक्रममा एमडीआरटी, सीओटी र टीओटी बिजेता पनि सहभागी थिए । यस वर्ष एमडीआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य तोकिएको थियो । त्यस मध्ये मधेश प्रदेशका उत्कृष्ट ‘एमडीआरटी’ विजेता मोकेन्द्र यादब व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ६४ लाख ७१ हजार ४ सय ५२ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका थिए ।

नेपाल लाइफका सीईओ प्रविनरमण पराजुलीले अभिकर्ताहरू बिमा कम्पनिका मेरुदण्ड भएकाले उनीहरूकै अथक मेहनत र परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताए । कार्यक्रममा नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो महिला पुर्णिमा श्रेष्ठले आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरबारे बताएकी थिइन् ।  प्रगती गर्नका निम्ति आफुसंगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने भन्दै अभिकर्तालाई हौसला र प्रेरणा प्रदान गरेकी थिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS