SKIP THIS

GBIME
IME Life
Beema Board

मर्जरमार्फत एक हुन लागेका लक्ष्मी र सनराइज बैंक मध्ये वित्तीय रुपमा को तगडा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । बिग मर्जरको माहोल बनिरहेको बेला लक्ष्मी र सनराइज बैंकले एक आपसमा मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यी दुई बैंकले सोमवार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । चालु आर्थिक वर्ष (२०७९/८०) को प्रथम त्रैमासको आधारमा दुई बैंकलाई शेयर पुँजी, रिटेण्ड अर्निङ्ग, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ । दुवै बैंकले गत आर्थिक वर्ष ७८/७९ को लाभांश दिएनन् । पाछिल्लो बजार मूल्य अनुसार लक्ष्मी बैंकको बजार मुल्य २०६ रुपैयाँ ९० पैसा हुँदा सनराइज बैंकको २०२ रुपैयाँ छ ।

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रहेको छ भने सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रहेको छ ।

रिटेण्ड अर्निङ्गको आधारमा :
रिटेण्ड अर्निङ्ग लक्ष्मी बैंकको धेरै छ । सनराइज बैंकको रिटेण्ड अर्निङ्ग १५ करोड ऋणात्मक हुँदा लक्ष्मी बैंकको १ अर्ब ३० करोड छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा सनराइज बैंक अघि छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैयाँ संचित छ भने सनराइज बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
सनराइज बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै लक्ष्मी बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब  कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
सनराइज बैंकले तीन महिनाको अवधिमा १ अर्ब ४३ करोड खुद व्याज आम्दानी गर्दा लक्ष्मी बैंकले १ अर्ब ५१ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

खुद नाफाको आधारमा :
सनराइज बैंकले चालु आवको प्रथम त्रैमाससम्म १६ करोड खुद नाफा गरेको छ भने लक्ष्मी बैंकले ५० करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
वार्षिक प्रति शेयर आम्दानीको आधारमा सनराइज बैंकको प्रति शेयर आम्दानी ६ रुपैयाँ ५६ पैसा छ भने लक्ष्मी बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
लक्ष्मी बैंकको निस्क्रिय कर्जा १ दशमलव ७२ प्रतिशत हुँदा सनराइज बैंकको २ दशमलव ९४ प्रतिशत छ।

किताबी मूल्य :
सनराइज बैंकको किताबी मूल्य १६४ रुपैयाँ छ भने लक्ष्मी बैंकको किताबी मूल्य १५० रुपैयाँ छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS