IME Life
Beema Board

प्रधानमन्त्रीको निर्देशन पछि पेट्रोलियम पदार्थको भाउ घट्यो, अव पेट्रोलको मूल्य १७५ रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ को निर्देशन पछि नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको भाउ घटाएको छ । निगमले पेट्रोलको भाउ प्रति लिटर तीन रुपैयाँले घटाएको छ । निगमका अनुसार पेट्रोलको भाउ १७८ रुपैयाँबाट १७५ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै डिजेलको भाउ १७५ रुपैयाँबाट १७२ रुपैयाँ, मट्टितेलको भाउ १७५ रुपैयाँबाट १७२ रुपैयाँ कायम गरिएको छ । आन्तरिक उडान तर्फको हवाइ इन्धन १९० रुपैयाँबाट १७० रुपैयाँमा झारिएको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशन लिमेटेडबाट एक जनवरी २०२३ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजलमा प्रतिलिटर २.९५ रुपैयाँ बढेर आए पनि भाउ घटाइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटिरहेको तर नेपालमा भने नघटेको भन्दै चौतर्फी विरोध भए पछि प्रधानमन्त्री दाहालले निगम तथा उद्योग मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर तत्काल सुनको भाउ घटाउन निर्देशन दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS