IME Life
Beema Board

अर्थ सचिवमा तोयम राया र राजस्वमा रामप्रसाद घिमिरे, नयाँ सेट बनाउदै अर्थमन्त्री

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ सचिव र राजस्व सचिव परिवर्तन गरेका छन् । पौडेलले अर्थ सचिवमा तोयम रायलाई ल्याएका छन् भने राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई भित्र्याएका छन् । अर्थमा ल्याइएका राय बाणिज्य सचिवमा कार्यरत थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवमा कृष्णहरी पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाललाई ल्याएका थिए । बिहीबारको मन्त्रिपरिषदको बैठकले सचिव परिवर्तन गरेको हो । मन्त्री फेरिए सँगै प्राय सचिव पनि फेरिने गरेको पाइन्छ । काम गर्न सजिलो बनाउन उनिहरुले आफु निकट कर्मचारीलाई सचिवमा ल्याउने गरेका हुन् ।

Prabhu
Crest

अहिलेको आकर्षक मन्त्रालयको रुपमा रहेको अर्थ मन्त्रालयका सचिवहरु शक्तिशाली मानिन्छन् । बजेट निर्माण गर्नेदेखि लिएर राजस्वका दरहरुमा हेरफेर गर्न उनिहरुकै महत्वपुर्ण भुमिका रहेको हुन्छ । सामान्यतया मन्त्री भन्दा सचिवहरु विज्ञ मानिन्छन् । उनिहरुलाई कानुनी छिद्रदेखि लिएर अनेकौ उपाय थाहा हुने भएकाले पनि अर्थमन्त्रीले विश्वासिला सचिव ल्याउने गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS