IME Life
Beema Board

बैदेशिक रोजगार बीमा बाहेक कुन कम्पनीको व्यवसाय कति ? हेर्नुहोस् सूचिसहित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बापत एक अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा बैदेशिक बाहेक भने ९ अर्ब ८३ करोड मात्रै छ ।

जीवन बीमा व्यवसायमा वैदेशिक रोजगार बीमा शुल्कलाई अग्रानिक व्यवसाय भनिदैन । तर केहि कम्पनीको सम्पुर्ण ध्यान नै यहि वैदेशिक रोजगार बीमालेखमा छन् । सन नेपाल लाइफले यहि बैदेशिक रोजगार बीमालेखबाट मंसिर महिनासम्ममा ६१ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । यस व्यवसायलाई जोडेर हेर्दा प्रथम बीमा शुल्क आर्जनमा सन नेपाल लाइफको स्थान चौथोमा छ । तर वैदेशिक रोजगार बीमालेखलाई हटाउने हो भने १६ औ नम्बरमा छ । सन नेपाल लाइफको मात्रै वैदेशिक रोजगार बीमालेख तर्फ ४२.८३ प्रतिशत हिस्सा रहेको छ ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले दिएको तथ्याङ्क अनुसार हाल ११ वटा कम्पनीले यस्तो व्यवसाय गरिरहेका छन् । सन नेपाल पछि सर्वाधिक धेरै सूर्या लाइफको छ । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर हाल सूर्यज्योति लाइफ बनिसकेका छन् । यो तथ्याङ्क मर्जर अगाडिको हो । वैदेशिक रोजगार बीमालेख तर्फ सूर्या र ज्योतिलाई जोडेर हेर्यो भने २१.८२ प्रतिशत हिस्सा हुन जान्छ । दुई कम्पनीलाई जोड्यो भने बजार हिस्सा ६४.६५ प्रतिशत हुन जान्छ ।

वैदेशिक रोजगार बीमालेख बाहेक सूर्यज्योति लाइफको स्थान तेस्रो हुन जान्छ । वैदेशिक रोजगार सहित भने तेस्रो स्थानमा पर्न जान्छ । पहिलो र दोस्रोमा नेपाल लाइफ र नेशनल लाइफ छन् ।

वैदेशिक रोजगार बाहेक सबैभन्दा धेरै नेपाल लाइफ कै छ । दोस्रो र तेस्रो स्थानमा नेशनल लाइफ र एलआइसी नेपाल छन् । चौथो स्थानमा भने सिटिजन लाइफ छ । जसमा एलआइसी नेपालले वैदेशिक रोजगार बीमालेख बिक्री गरेको छैन ।

गएका वर्षमा चौथो स्थानमा रहदै आएको युनियन लाइफ यस पटक छैठौ स्थानमा झरेको छ । वैदेशिक रोजगार सहितको बीमा शुल्क आर्जनमा निकै पछाडी रहेको प्रभु लाइफ वैदेशिक रोजगार बाहेक १५ औ स्थानमा छ । सबैभन्दा पुच्छारमा भने गुराँस लाइफ छ । गुराँस लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री नगरी ८ करोड ७४ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

पुच्छारबाट दोस्रो स्थानमा रहेको महालक्ष्मी लाइफले पनि वैदेशिक रोजगार बीमालेख बाहेक १८ करोड ७५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । हाल प्रभु र महालक्ष्मी लाइफ मर्जरको प्रकृयाँमा छन् । दुबैको मर्जर पछि पनि स्थानमा सुधार हुने अवस्था देखिदैन ।

जीवन बीमा कम्पनीहरुले जारी गरेको वैदेशिक रोजगार बीमालेख म्यादी जीवन बीमा पोलिसी हो । यसले कम्पनीहरुको मुनाफामा सपोर्ट गरे पनि दीर्घकालिन व्यवसायका लागि यसलाई राम्रो मान्न सकिदैन । दीर्घकालिन व्यवसायका लागि सावधिक जीवन बीमा पोलिस नै राम्रो मानिन्छ । एक पटक यस्तो पोलिसी जारी गरिसके पछि कम्पनीहरुले आगामी १०/२० वर्षसम्म नियमित रुपमा बीमा शुल्क संकलन गर्न पाउछन् । यो नै वास्तविक जीवन बीमा हो । म्यादी जीवन बीमा पोलिसी निर्जीवन बीमा पोलिसी जस्ता हुन्छन् । यदि बीमकको मृत्यु भयो भने बीमितको परिवारले दाबी पाउन सक्छन् तर केहि भएन भने उक्त बीमा शुल्क कम्पनीको मुनाफामा जोडिन्छ । जसले कम्पनीको प्रोफिटाव्ल्टी बढाउन ठुलो मद्दत गर्छ । तर वैदेशिक रोजगार बीमालेखलाई देखाएर आफुलाई अग्र स्थानमा देखाउने रणनीतिले दीर्घकालमा भने खासै उपलब्धीमुलक बनाउदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS