IME Life
Beema Board

एक इन्स्योरेन्स सहित ६ कम्पनीको शेयर आजसम्म किन्नेले लाभांश पाउने, एजिएम कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक,सिद्धार्थ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लभांश प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म यी कम्पनीको शेयर किन्ने शेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा साधारण सभा बिहान १० बजे शुरू गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र करसहित ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा साधारण सभा बिहान ११ बजे गर्ने जनाएको छ ।

त्यसैगरी नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनश शेयर र ११ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसmप्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा गर्ने जनाएको छ। सभा सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा साधारण सभा गर्ने जनाएको छ ।

महालक्ष्मी विकास बैंकले भने गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र करसहित ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० शुरू हुने जनाएको छ ।

त्यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरू हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS