IME Life
Beema Board

संचय काेषले स्वास्थ्य उपचारका लागी तीन महिनामै दियाे रू १७ करोड भन्दा बढी भुक्तानी

SPIL
NIC ASIA

काठमाण्डौं । कर्मचारी संचय कोषले तीन महिनाको अवधिभित्र संचयकर्तालाई स्वास्थ्य उपचार खर्चवापत १७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । कोषले चालू आर्थिक वर्षको असोजदेखि मंसिर मसान्तसम्मको तीन महिने अवधिभित्र संचयकर्ता तथा तिनको एकाघर परिवारका सदस्यको उपचार खर्चवापत १७ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको हो । कोषले संचयकर्ता र उसको एकाघर परिवारको श्रीमति, छोरा र छोरी सहितको स्वास्थ्य उपचारका लागी वार्षिकरुपमा निश्चित रकम खर्च सोधभर्ना दिंदै आएको छ ।

यसैगरी कोषले दुर्घटना क्षतिपूर्तीवापत ८ करोड ४७ लाख रुपैयाँ वितरण गरेको छ । कोषका अनुसार तीन महिनाको अवधिभित्र ४ सय २४ जना संचयकर्ता दुर्घटनामा परेकोमा दुर्घटना क्षतिपूर्तीवापत यो रकम वितरण गरिएको हो ।

Prabhu
Crest

चालू आर्थिक वर्षको असोज देखि मंसिर सम्ममा विभिन्न कारणले निधन भएका १ हजार १ सय ८९ जना संचयकर्ताको आश्रित परिवारजनलाई किरिया खर्चवापत कोषले ४ करोड ७५ लाख रुपैयाँ वितरण गरेको छ ।

सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा बढीमा रू.१ लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिभरिमा अधिकतम रु.१० लाखसम्म रकम सोधभर्ना प्रदान गर्दै आएकाे छ । यसबाहेक अन्य सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी तथा शिशु हेरचाह कार्यक्रममा प्रति प्रसूती रु.७ हजार ५ सय, दुर्घटना क्षतिपूर्ति योजना अन्तर्गत स‌ंचयकर्ता वा निजको हकवालालाई २ लाख रूपैयाँ, काजकिरिया अनुदानवाप हकवालालाई ४० हजार रूपैयाँ प्रदान गर्दै आएकाे छ ।

कोषले स्वास्थ्य उपचार, दुर्घटना क्षतिपूर्ती र किरिया खर्च लगायतको सुविधाको लागी सरकारी स्वामित्वको निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीसँग बीमा सम्झौता गर्दै आएकोमा बीमाशुल्कवापत खर्च हुने रकम र सोबाट प्राप्त हुने ब्याजसहितको रकमको तुलनामा थोरै रकम मात्र संचयकर्तालाई दाबी भुक्तानी गर्नुपर्ने अवस्था देखेपछि आफैंले बीमा कम्पनी सरह सेवा शुरु गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS