IME Life

राष्ट्र बैंकको निर्देशन पछि गुहेश्वरी मर्चेन्टको लाभांश संशोधन, बोनस शेयर घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घटेको छ । राष्ट्र बैंकको निर्देशन पछि यस अगाडी घोषित ७ प्रतिशत बोनस शेयरलाई घटाएर ६.५० प्रतिशत दिने निर्णय गरेको हो ।

संस्थाको पुस ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी ९५ करोड ४ लाख को ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

सञ्चालक समितिको उक्त प्रस्ताव नियामक निकाय राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रस्ताव गर्दा राष्ट्र बैंकले नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएको थियो । सोहि प्रतिवेदनका आधारमा संस्थाको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयरलाई संशोधन गरि ६.५० प्रतिशत दिने निर्णय गरेको हो । त्यस्तै कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले प्रस्तावित लाभांश पुनः स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने छ । राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै २१ औं वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणसभाबाट पारित भए पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

1672051964101

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS