IME Life
Beema Board

विष्णु प्रसाद पौडेल तेस्रो पटक अर्थमन्त्री भएमा शेयर बजार कतिसम्म पुग्ला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेकपा एमालेका महासचिव विष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने चर्चा सँगै शेयर बजार कति अंकसम्म पुग्छ भन्ने चर्चा सुरु भएको छ । पौडेल यस भन्दा अगाडी दुई पटक अर्थमन्त्री हुँदा शेयर बजारले अधिकतम विन्दुको रेकर्ड कायम गरेको थियो ।

विष्णु प्रसाद पौडले पहिलो पटक अर्थमन्त्री हुँदा शेयर बजाले तत्कालिन समयमा इतिहासकै सर्वाधिक उचाइ कामय गरेको थियो । उनि २०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओलीको सरकारका अर्थमन्त्री थिए । २०७३ साउन १२ गते नेप्से सूचक अधिकतम १८८१ अंकसम्म कायम भयो । पौडेल २०७३ साउन १९ गतेसम्म अर्थमन्त्री थिए । उनि अर्थमन्त्रीबाट हटे सँगै शेयर बजार लगातार ओरालो झर्यो । यस सूचकबाट शेयर बजार तल झर्ने क्रममा ११०१ अंकसम्म झर्यो ।

Prabhu
Crest

त्यस पछिको ठुलो बुलको श्रेय पनि पौडेललाई नै जान्छ । केपी शर्मा ओलीकै अर्थमन्त्री डा. युवराज खतिवडा हुँदा शेयर बजार अधिकतम १८८१ बाट तल झरेर ११०१ सम्म झर्यो । ओलीले खतिवडालाई हटाएर जव विष्णु प्रसाद पौडेललाई अर्थमन्त्री बनाए त्यस पछि शेयर बजार लगातार बढ्न पुगेको थियो ।

पौडेल २०७७ असोज २८ गते दोस्रो पटक अर्थमन्त्री भएका थिए । पौडेल अर्थमन्त्री भए पछि हरेक दिन शेयर बजारमा सुधार देखियो । पौडेल २०७८ असारसम्म अर्थमन्त्री भए । उनि हुँदा बढेको शेयर बजार २०७८ भदौ २ गतेसम्म बढिरह्यो । त्यस पछि भने लगातार घढिरहेको छ । केपी शर्मा ओलीले संसद नै भङ्ग गरेर चुनावको घोषणा गरे पछि सर्वोच्च अदालतले उनको असंबैधानिक कदमलाई उल्टाइदियो । त्यस पछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भयो । नयाँ सरकार बनेको केहि समयमै शेयर बजार घट्न थाल्यो ।

त्यसैले पनि लगानीकर्ताले विष्णु प्रसाद पौडेललाई शेयर बजार सुधारको कारक मान्दछन् । विष्णु पौडेल आफै शेयर ब्रोकरको लगानीकर्ता भएकाले पनि उनले जहिले पनि शेयर बजारलाई फेबर गर्ने गरेका छन् । यस अगाडीको सरकारले नयाँ ब्रोकरको प्रकृयाँ सुरु गर्दा सम्पुर्ण ब्रकरहरु आक्रोसित भएका थिए । उनिहरुको आक्रोसले पनि शेयर बजार घट्नमा बल पुग्यो ।

यदि यस पटक पनि पौडेल अर्थमन्त्री भए भने उनले ब्रोकरको सम्पुर्ण प्रकृयाँ रद्द गर्न सक्ने सम्भावना उच्च छ । अर्को तर्फ नेपाल धितोपत्र बोर्डले यस अगाडी आह्वान गरेको नयाँ ब्रोकर लाइसेन्स तथा स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स पनि नयाँ ढङ्गबाट अगाडी बढ्नेछ ।

पौडेल अर्थमन्त्री हुँदाका दुई बुल

पहिलो बुल

पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा नेपाल भुकम्पको चपेटामा थियो । भुकम्पले गर्दा नयाँ लगानी हुन सकेको थिएन । यसै समयमा नेपालमा विदेशबाट अर्बौको सहयोग आइरहेको थियो । अर्थमन्त्री चलायमान नहुँदा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएर बसेको थियो । यहि अवस्थामा नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले क्यापिटल प्लान ल्याए ।

एकातिर बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुले मनलाग्दी शेयरधितोकर्जा प्रवाह गरिरहेका थिए भने अर्को तर्फ नेपाल राष्ट्र बैंकको क्यापिटल प्लान पछि बैंकहरुको हकप्रद र बोनस शेयरको वर्षा थियो । यसरी कतै पनि लगानी हुन नसक्दाको पैसा शेयर बजारमा आउदा बजार ह्वात्तै बढ्यो ।

यो बुल लगत्तै देशमा आर्थिक गतिविधि बढ्न थाल्यो । भुकम्प पछिको पुननिर्माण सुरु भयो । यसले गर्दा विस्तारै तरलता अभाव हुन थाल्यो । बैंकहरु शेयर धितोकर्जा दिनै नसक्ने अवस्थामा पुगे । यस्तो अवस्थामा मोनिटरी पोलिसीका विज्ञ डा. युवराज खतिवडा आउदा पनि तरलता सहज हुन सकेन । यहि अवधिमा जलविद्युतका पुर्वाधार बन्ने क्रम तिव्र थियो । जलिद्युत कम्पनीमा भइरहेको लगानीले पनि बैंकिङ तरलता सहज हुन सकेको थिएन ।

दोस्रो बुल

पौडेल दोस्रो पटक अर्थमन्त्री हुँदा देश कोभिड १९ को चरम पिडामा थियो । कोभिड १९ का कारण समग्र आर्थिक गतिविधि नै ठप्प थियो । जसरी उनि पहिलो पटक अर्थमन्त्री हुँदा भुकम्प र नाकाबन्दीको कारण आर्थिक गतिविधि ठप्प थियो त्यस्तै दोस्रो पटक पनि अर्थमन्त्री हुँदा कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प थियो ।

यसले गर्दा व्यवसायीहरुको लगानी गर्ने अन्य क्षेत्र नै थिएन । अर्को तर्फ नयाँ कर्जा प्रवाह नहुँदा बैंकिङ प्रणालीमा तलरता ह्वात्तै बढिरहेको थियो । सरकारले आयात निर्यात ठप्प बनाउदा व्यवसायीहरु सँग पनि तर पैसा थियो । यस समयमा पर्यटन व्यवसायी, आयात निर्यात गर्ने व्यवसायी, बैंकर, शिक्षक, साना व्यवसायी, ठेकेदारहरुले कहि पनि लगानी गर्न नपाए पछि त्यो पैसा शेयर बजारमा भित्र्याए । सबैले शेयर बजारमा लगानी बढाए पछि बजार ह्वात्तै उकालो लाग्यो । यसको श्रेय पुनः पौडेलले पाए ।

जव नेकपा एमाले सरकारबाट बाहिरियो नयाँ सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउन हटायो । रोकिएको आयात खुला भयो । यस सँगै आयात निर्यात गर्ने व्यवसायीले शेयर बिक्री गरेर बाहिरिए । जलविद्युत कम्पनीका डेभलपरले शेयर मूल्य बढाएर नाफा बुक गर्दै लगानीनै उठाए ।

जलविद्युत कम्पनीहरुको हाइड्रोमेकानिकलका आयात गर्ने क्रममा ठुलो रकम बैंकिङ प्रणालीबाट बाहिरियो । कोभिड १९ कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरु स्वदेश फर्किदा रेमिट्यान्सको आप्रवाह पनि ह्वात्तै घट्यो । एक पछि अर्को गर्दै बैंकिङ तरलता अभाव हुन थाल्यो सँगै शेयर बजार पनि लगातार घट्यो । त्यसैले गर्दा अहिले शेयर बजार यस अगाडीको अधिकतम विन्दुको तरलतामा तल्लो विन्दुमा छ ।

उनि तेस्रो पटक अर्थमन्त्री हुँदा के होला ?

पौडेल तेस्रो पटक अर्थमन्त्री हुँदै गर्दा अर्थतन्त्र धेरै नै कमजोर अवस्थामा छ । तर सकारात्मक कुरा बैंकिङ प्रणालीमा तरलता बढिरहेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बृद्धि सँगै रेमिट्यान्स आप्रवाह पनि बढिरहेको छ । हिजोका दिनसम्म गभर्नरको असहयोग रहदै आएकोमा अव उनले सरकारलाई सक्दो साथ र सहयोग गर्ने छन् ।

अहिले लगानी लगभग ठप्प छ । लामोसमयदेखि रोकिएको लगानी यदि बढ्न थाल्यो भने पुन बैंकिङ प्रणालीमा तरलता सहज होइन झन् गाह्रो पर्न सक्छ । तर उनि पहिलो पटक अर्थमन्त्री हुँदा कोभिड १९ को जुन किसिमको भयावह अवस्था थियो यस पटक पनि दोहोरिन सक्ने जोखिम बढेको छ । चीनमा पुनः कोभिड १९ का कारण लकडाउन सुरु भएको छ । यदि नेपालमा पनि कोभिड १९ को संक्रमण बढ्न थाल्यो भने सरकारले लकडाउन गर्नु पर्ने हुन्छ । लक डाउन गर्नु पर्ने अवस्था आयो भने उनको पुरानो रेकर्ड पुनः तोडिनेछ ।

तर सहज अवस्थामा भने उनलाई यस पटक रेकर्ड तोड्न धेरै मुस्किल पर्न सक्छ । किनभने लामोसमयदेखि रोकिएको लगानी सुरु भए सँगै तरलता सहज हुने देखिदैन । आयात निर्यातमा त्यति ठुलो सुधार हुने अवस्था भने छैन । तर नेपाल राष्ट्र बैंकले यस अगाडीको सरकारलाई दुख दिन ल्याएका कतिपय नीतिगत कडाइलाई खुला गरिदियो भने बजारमा केहि तरलता बढ्नेछ । जुन शेयर बजारका लागि सकारात्मक हुनेछ ।

यस बाहेक पौडेलले अर्थमन्त्रलाई चलायमान बनाउने नयाँ पोलिसी ल्याए भने त्यो अर्कै कुरा हो होइन भने यहि अवस्थामा बजार सुधारकै लयमा अगाडी बढ्न त्यति सहज छैन । पौडेललाई यस पटक आफैले बनाएको अधिकतम ३१९९ अंकलाई उछिन्ने चुनौती छ । यदि उनि समयमा सफल भए पनि उनि बास्तवमै शेयर बजारका लागि नायक हुने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

0%

दु :खी

15%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS