IME Life

कृषि विकास बाहेक सबै बाणिज्य बैंकले घोषणा गरे लाभांश, ४ वटाले हात खाली गर्दा कसको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक बाहेक २५ वटै बाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिने/नदिने भनेर निर्णय गरिसकेका छन् । हालसम्म घोषणा गर्ने मध्ये ४ वटाले यस पटक लाभांश नदिने निर्णय गरिसकेका छन् ।

अघिल्लो आर्थिक वर्षकै मुनाफाबाट लाभांश नदिएको एनआइसी एशिया बैंकले गएको आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश नदिने निर्णय गरेको हो । बैंकलाई नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउदै आएको छ । पूँजीकोष अनुपात नपुगेको भन्दै बैंकलाई लाभांश वितरणमा रोक लगाइएको हो । यसै कारणले गर्दा एनआइसी एशियालाई राष्ट्र बैंकले मर्जरमा जान सुझाउदै आएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले जारी गरेको नियम अनुसार प्राथमिक पूँजीकोष अनुपात साढे ८ प्रतिशत हुनु पर्छ । तर एनआइसी एशियाले ऋणपत्र मार्फत पूँजीकोष अनुपात पुर्याउदै आएको थियो । यस वर्ष सनराइज, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले पनि लाभांश दिएनन् ।

लाभांश घोषणा गरेका २० बाणिज्य बैंकहरुको औषत लाभांश १०.२६ प्रतिशत मात्रै छ । जहाँ बोनस शेयरको हिस्सा ४.३३ प्रतिशत छ भने नगद लाभांशको ५.९३ प्रतिशत छ । यस वर्ष बाणिज्य बैंकहरुले बोनस शेयरलाई भन्दा पनि नगदलाई नै बढि प्राथमिकता दिएका छन् ।

सर्वाधिक लाभांश

यस वर्ष सबैभन्दा धेरै नविल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश दिने भएको छ । एकदमै न्युन लाभांश प्राप्त गर्दै आएका नेपाल बंगलादेश बैंकका शेयरधनीले यस वर्ष भने गएको वर्षको तुनामा बम्बर लाभांश घोषणा गरेका छन् । ४३ रुपैयाँमै विलय भएको नेपाल बंगालदेश बैंकका शेयरधनीले यस वर्षको लाभांशबाट १८.५० प्रतिशत शेयर फिर्ता पाएका छन् । नगद तर्फ ११.५० फिर्ता पाएका छन् । नविल बैंकले घोषणा गरेको लाभांश अझै पनि दोस्रो बजारबाट शेयर खरिद गर्दा प्राप्त गर्न सकिन्छ । बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ ।

दोस्रो ठुलो लाभांश बैंक अफ काठमाण्डूका शेयरधनीले प्राप्त गरेका छन् । बैंकले मर्जर अगाडी शेयरधनीहरुलाई २०.९५ प्रतिशत लाभांश दिएको छ । बैंकले साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।

यस वर्ष एभरेष्ट बैंकका शेयरधनीले २०.६८ प्रतिशत लाभांश प्राप्त गरेका छन् । बैंकले बुक क्लोज समेत गरिसकेको छ । शेयरधनीले १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश प्राप्त गरेका हुन् ।

हिमालयन बैंक पनि सर्वाधिक लाभांश दिनेको सूचिमा परेको छ । हिमालयनले ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद सहित १९.११ प्रतिशत कुल लाभांश दिदैछ । राष्ट्र बैंकले गएका वर्षमा नगद लाभांशमा रोक लगाउदा एकदमै कम लाभांश दिएको स्ट्यार्डर्ड चार्टर्डले यस वर्ष १६.५१ प्रतिशत नगद लाभांश दिएको छ । ग्लोबल आइएमई बैंकका शेयरधनीले ३ प्रतिशत बोनस शेयर र १०.६० प्रतिशत नगद लाभांश दिएको छ । सिद्धार्थ बैंकले भने १२.५० प्रतिशत बोनस शेयर दिएको छ । कुमारीले भने १२.५० प्रतिशत नै नगद लाभांश दिएको छ ।

आर्थिक मन्दीबाट क्यास फ्लोको समस्यामा रहेका व्यवसायीहरुलाई लक्षित गर्दै बैंकहरुले यस वर्ष बोनस शेयर भन्दा पनि नगदलाई बढि जोड दिएका हुन् । यसरी प्रवाह हुने नगदबाट ठुला व्यवसायीहरुले अन्य क्षेत्रमा व्यवस्थापन गर्न सक्छन् ।

अझै पनि ७ वटा बाणिज्य बैंकको लाभांश प्राप्त गर्न सकिन्छ । बुक क्लोज हुन बाँकी बैंकहरुको शेयर दोस्रो बजारबाट शेयर खरिद गर्ने हो भने घोषित लाभांश पाउन सकिन्छ । नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक र सिभिल बैंकको बुक क्लोज हुन बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS