IME Life
Beema Board

अजोडले आह्वान गर्यो पाँचौ वार्षिक साधारणसभा, लाभांश नदिने: यस्ता छन् प्रस्तावहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको ११३ औ बैठकले पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

Prabhu
Crest

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । यस साधारणसभामा लाभांशको कुनै पनि प्रस्ताव गरिएको छैन । कम्पनीले अहिलेसम्म कुनै पनि लाभांश दिन सकेको छैन ।

साधारणसभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले आयोजना गरेको साधारणसभामा भाग लिन पाउने छन् । यस अगाडीकै साधारणसभाबाट मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइसकेको हुँदा यस साधारणसभामा यस्तो कुनै पनि प्रस्ताव पेश गरिएको छैन ।

कम्पनीले प्रभु इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । यस भन्दा अगाडीको विशेष साधारणसभा मार्फत मर्जरका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने विषयमा शेयरधनीबाट स्वीकृति लिइसकेको छ भने सर्वसाधारण शेयर र संस्थापक शेयरधनीको शेयर संचना परिवर्तनको प्रस्ताव पनि पारित गरिसकेको छ । शेयर संचलना परिवर्तन हुने वित्तिकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि अर्को विशेष साधारणसभा आह्वान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS