IME Life
Beema Board

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसबिच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ । युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।

Prabhu
Crest

सानिमा बंैकको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS