IME Life
Beema Board

लाभांश पारित गर्न आईसीएफसी फाइनान्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आईसीएफसी फाइनान्स पुस २९ गते ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कालिकास्थान स्थित अमृतभोगमा सभा आह्वान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७८ /७९ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/ ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९ / ८० को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ९बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) को प्रतिबन्धात्मक वाक्यांश अनुसार बर्तमान लेखापरीक्षक श्री एस.ए.आर एण्ड एसोसिएट्स पुनः नियूक्ति नहुने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS