IME Life
Beema Board

मर्जरको प्रक्रियामा रहेका दुई बैंकले बोलाए साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको प्रक्रियामा रहेका सिभिल बैंक र हिमालयन बैंकले वार्षिक साधारण सभा आह्वान गरेका छन् । दुवै बैंकले एकै दिन पुस २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने जनाएका छन् । हिमालयन बैंकले होटल सोल्टी, सोल्टीमोड, काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा गर्ने जनाएको छ भने सिभिल बैंकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे १२औं वार्षिक साधारण सभा गर्ने जनाएको छ ।

सभाले प्राप्ति प्रक्रिया र यसका लागि तय भएको शेयर आदान प्रदान अनुपातलाई अनुमोदन गर्ने जनाएको छ । सभाले प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत पारित गर्नेछ ।

Prabhu
Crest

हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गर्न लागेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सभामा दुवै बैंकको गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्ने जनाएका छन् ।

सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हिमालयन बैंकले ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हिमालयन बैंकले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ भने सिभिल बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा हिमालयन बैंकको पुस १७ गतेसम्म कायम शेयरधनीहरू र सिभिल बैंकको पुस १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS