IME Life
Beema Board

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, एजिएम कहिले गर्दैछन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्दैछन् । त्यसकारण पुस ७ गतेसम्म कायम शेयरधनीले शेयर पाउनुका साथै सभामा भाग लिन पाउने छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गते ७४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले यस अगाडी सञ्चालक समितिबाट घोषणा भएको ८ प्रतिशत बोनस शेयर पारित गर्नेछ । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोडको ८ प्रतिशतका लागि ११ करोड तीन लाख रुपैयाँ बराबरको बोनस शेयरको विशेष प्रस्ताव गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरि पाउने गर्नेछ ।

त्यस्तै चालु आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८ प्रतिशतका दरले बोनस शेयर जारी गर्न हुन आउने दबमलब पछिको अंक फ्र्याक्सन शेयरलाई नपुग रकम सम्बन्धित शेयरधनीबाट प्राप्त गरी एकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व संस्थाकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

त्यस्तै, गरिमा विकास बैंक लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले होटल पोखरा ग्राण्ड, पोखरामा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्नेछ ।

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू। ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

गरिमा विकास बैंकले साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्दै आएको छ । यसर्थ प्रचलित कानूनबमोजिम लाभांश कर छुट पाउने शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने शेयरधनीहरूको हकमा नगद लाभांशबाट कर भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS