SKIP THIS

GBIME
IME Life
Beema Board

भलवारी जेसिजको वर्ष २०२३ को अध्यक्षमा माधव पाण्डेय, उद्यमशीलता विकासमा केन्द्रित हुने

SPIL
NIC ASIA
Sanima Reliance

रुपन्देही । तिलोत्तमामा केन्द्रित भलवारी जेसिजको वर्ष २०२३ को अध्यक्षमा सक्रिय शेयर लगानीकर्ता माधव पाण्डेय निर्वाचित भएका छन् । भलवारी जेसिजको पुष १ गते सम्पन्न २० औं शाखा अधिवेशनबाट अध्यक्षमा पाण्डेय सहित सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघ, लुम्बिनी प्रदेश संयोजक माधव पाण्डेय हाल भलवारी जेसिजको वर्ष २०२२ को  कोषाध्यक्षको रुपमा कार्यरत छन् ।

Prabhu
Crest

त्यस्तै, भलवारी जेसीस सन् २०२३ को लागि कार्यकारिणी उपाध्यक्ष पदमा लोकनाथ खनाल(सन्तोष) र सुलभ कार्की, उपाध्यक्षमा रमेश खनाल, अरुण पन्थी, रूपेश पाण्डे र प्रांजल पंगेनी चयन भएका छन् । त्यस्तै सह-सचिवमा प्रेम नारायण पंगेनी( अमित) र सह- कोषाध्यक्ष पदमा किरण पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।      भलवारी जेसिजले सन् २०१८ मा नेपाल जेसिजको विशेष साधारणसभामा आथित्यता गरेको थियो भने सन् २०२१ मा नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनको आथित्यता गरेको थियो ।

निर्वाचित अध्यक्ष पाण्डेले भलवारी जेसिजको कुनै पनि कार्यक्रममा आयातीत खादा, माला र मायाको चिनोको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै आफ्नो कार्यकालमा युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै उद्यमशीलता विकासमा सहयोग पुग्ने खालका विभिन्न तालीमहरु आयोजना गर्ने जानकारी दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS