IME Life

एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ४४ हजार कित्ता संस्थापक विक्रीमा ल्याएको थियो । उक्त शेयर आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले मंसिर २६ गतेदेखि यो सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ कामय गरेको छ । लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS