SKIP THIS

GBIME
IME Life
Beema Board

ब्रोकरबाट “प्यानिक सेल” आएको हो ? के देखाउँछ आइतवारको फ्लोरसिटले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक साढे २७ अंक घटेको छ । दोहोरो अंकले नेप्से घटेको दिन शीर्ष ५ ब्रोकरलाई हेर्दा ब्रोकरहरुको खरिद बिक्री सन्तुलनमा नै रहेको देखिन्छ । कुनै एक ब्रोकरबाट त्यति ठूलो “प्यानिक सेल” देखिएको छैन । शीर्ष ५ ब्रोकरलाई हेर्दा २ ब्रोकरले बिक्रीको तुलनामा खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले खरिदको तुलनामा बिक्री धेरै गरेका छन् ।

आइतवार ब्रोकर नम्बर ३३ सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकरमा परेको छ । ब्रोकर नम्बर ३३ बाट रु. १७ करोड ३२ लाखको शेयर कारोवार भएको छ । सो ब्रोकरबाट रु. ८ करोड १७ लाखको शेयर खरिद हुँदा रु. ९ करोड १५ लाखको शेयर बिक्री भएको छ । यस ब्रोकरबाट खरिदको तुलनामा रु. ९८ लाख धेरै बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट रु. १७ करोड ४ लाखको शेयर कारोवार हुँदा रु. ९ करोड १ लाखको शेयर खरिद भएको छ भने रु. ८ करोड ३ लाखको शेयर बिक्री भएको छ ।

Prabhu
Crest

साताको पहिलो कारोवार दिन नेप्से २७ दशमलव ५४ अंकले घटेको छ।  १ अर्ब १५ करोडको शेयर कारोवार भएको दिन नेप्से १८५५ दशमलव ०६ विन्दुमा आएर बन्द भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS