IME Life

मंसिर महिनामा निक्षेप ५७ अर्बले बढ्दा कर्जा विस्तार २ अर्ब मात्रै, कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । मंसिर महिनामा बाणिज्य बैंकहरुले ५७ अर्ब २२ करोड रुपैयाँले निक्षेप बढाएका छन् । कार्तिकको तुलनामा बाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गर्न सके पनि कर्जा विस्तारलाई भने रोकेर राखेका छन् । मंसिर एक महिनामा बाणिज्य बैंकहरुले जम्मा २ अर्ब ६ करोड रुपैयाँले कर्जा विस्तार गरेका हुन् ।

असारको तुलनामा भने बाणिज्य बैंकहरुले जम्मा ७९ अर्ब १२ करोड रुपैयाँले निक्षेप बढाएका छन् भने कर्जा विस्तार ४८ अर्ब ८० करोड रुपैयाँले विस्तार गरेका छन् । असोजमा कर्जा विस्तार नभए पनि त्यस भन्दा अघिल्ला महिनामा राम्रै कर्जा विस्तार भएको थियो । चुनाव अगाडी बाणिज्य बैंकहरुबाट केहि निक्षेप बाहिरिए पनि समग्रमा प्रणालीमा निक्षेप भने बढेको छ ।

Prabhu
Crest

कार्तिक महिनामा ६ वटा बाणिज्य बैकहरुको निक्षेप बढेको छ भने ११ वटा बाणिज्य बैंकहरुको कर्जा विस्तार नै घटेको छ । बैंकहरुको महंगो व्याजदरका लागि व्यवसायिक कर्जा प्रवाह हुन सकेको छैन । अर्को तर्फ घरजग्गाको कारोबारमा मन्दी आउदा बैंकिङ कर्जा प्रभावित भएको हो ।

वैदेशिक रोजगारमा भएका नेपालीले पठाएको रेमिट्यान्सले निक्षेप बढे पनि आन्तरिक उत्पादन तथा उद्योगबाट निक्षेप प्रवाह हुन सकेको छैन । कर्जा विस्तारमा आक्रामक एनआइसी एशियाकै कर्जा विस्तार दुई अर्ब ९९ करोड रुपैयाँले खुम्चिएको छ । यसै अवधिमा निक्षेप पनि एक अर्ब ४६ करोडले घटेको छ ।

गत असारको तुलनामा एनसिसी बैंकको निक्षेप १५ अर्ब भन्दा धेरैले खुम्चिएको छ । कर्जा विस्तार पनि ९ अर्ब भन्दा माथिले घटेको छ । अर्थतन्त्रमा यसै गरी समस्या आइरहने हो भने अर्थतन्त्रमा अझ ठुलो समस्या पर्न सक्ने देखिन्छ । नेपालका बैंकिङ प्रणाली घरजग्गा धितोमा राखेर प्रवाह भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS