IME Life
Beema Board

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले पुष ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्न कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का.मु.शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा घण्टासम्म खोलाकिनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ॐ श्री पिपलबोटे खूल्ला विद्यालय । हाल त्यहाँ विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययन गर्छन ।

Prabhu
Crest

फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिद्यालयका २६ जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । मंसिर २९ गते जनकपुरमा वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा २० जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS