IME Life

सानिमा बैंकको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा आज पुष ३ गते हुँदैछ। बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै , सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुन फेरवदल तथा सैशोधन गर्नुपर्ने प्रस्ताव आएमा सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५ अर्ब पुर्याउने, तथा आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

त्यस्तै, सभाले सर्वसाधारण समुह ख बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कुनै बै०क तथा वित्तीय संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति गर्ने लगायत वित्तीय संस्थाहरु प्राप्ती गराउने सम्बन्धमा बैंकको नियम कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण अख्तियार संचालक समितिलाई दिने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS