IME Life

पुस महिनामा पनि व्याजदर स्थिर राख्ने बाणिज्य बैंकहरुको भद्र सहमति

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले पुस महिनामा पनि व्याजदर स्थितर राख्ने भद्र समति गरेका छन । नेपाल बैंक्रस एसोसिएसनले पुस महिनामा पनि पुस महिनाकै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ ।

व्यवसायीहरुले बैंकहरुको व्याजदर उच्च भएको भन्दै व्याजदर घटाउने पहल गरिदिन उच्च राजनीतिक नेतृत्वलाई गुहारी रहेका छन् । व्यवसायीको चर्को विरोधलाई मध्यनजर गर्दै बैंकहरुले पुस महिनामा व्याजदर नबढाउने सहमति गरेका हुन् ।

Prabhu
Crest

बैंकर्स संघले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत कायम गरेका थिए । पुस महिनामा पनि यहि व्याजदरले निरन्तरता पाएको हो । बैंकहरुले असोजमा व्याजदर बढाएका थिए । व्याजदर बढाउने होडबाजीकै क्रममा कतिपय बैंकहरुले १५/१६ प्रतिशतसम्म व्याजदर दिएका छन् । असोज महिनाको व्याजदरले कार्तिक र मंसिर महिनामा पनि निरन्तरता पाउने भएको हो ।

व्याजदर बढाउदा बैंकहरुको उल्टै व्याजखर्च बढ्छ । व्याज खर्च बढ्ने वित्तीकै बैंकहरुको मुनाफामा ठुलो असर पार्छ । बैंकहरुले व्याजदर बढाउदा पनि प्रणालीमा खासै निक्षेप बढ्न सकेको छैन । चुनाव पछि जुन हिसावले बैंकिङ प्रणालीमा निक्षेप बढ्छ भन्ने अनुमान गरिएको थियो तर अपेक्षाकृत निक्षेप प्रणालीमा आउन सकेन । यदि बैंकहरुले कर्जा विस्तारमा अलिकति मात्रै बढाए पनि प्रणालीले धान्न सक्ने अवस्था छैन । त्यसैले पछिल्लो समय बैंकहरुले राम्रो राम्रो ऋणी खोजी खोजी कर्जा लगानी गरिरहेका छन् ।

अर्को तर्फ ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा भने ब्याजदर स्थिर राख्ने निर्णय गरेका थिए । सोही ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिँदै अब पुसमा सोही ब्याजदरलाई कायम राख्ने निर्णयमा बैंकरहरु पुगेका हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

43%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

21%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS