IME Life
Beema Board

आज अन्तिम दिन बाराही हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ आज अन्तिम दिन मागभन्दा करीब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार आज अन्तिम दिन साँझ ४ बजेर १५ मिनेटसम्म १२ लाख १६ हजार १५३ जनाले १ करोड ३८ लाख ७१ हजार २२० कित्ता शेयर खरीद माग गरेका छन् ।

कम्पनीले मङ्सिर २१ गतेदेखि सर्वसाधारणमा ५ लाख १५ हजार २२० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल  ५ लाख ५४ हजार कित्ता शेयर वितरण गर्दैछ ।

Prabhu
Crest

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बागलुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS