IME Life
Beema Board

पशुपती शिक्षा मन्दिरको भवन निर्माण कार्यमा हिमालयन एभरेष्टको सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुस्ता गाउँपालिका ३ स्थित पशुपती शिक्षा मन्दिरको नवनिर्मित सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

भवनको निर्माण कार्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत लजिस्टिक सपोर्ट गरेको थियो । उक्त कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले विद्यार्थीहरुलाई स्कूल ब्याग लगाएत शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।

Prabhu
Crest

उक्त नयाँ विद्यालय भवनको साँचो रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनका पूर्व अध्यक्ष अजय स्थापितबाट विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरेका थिए । उक्त नव निर्मित भवनको उद्घाटन कार्यक्रमको रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनका अध्यक्ष निर्मल प्रसाद रिजाल तथा पशुपती शिक्षा मन्दिरका पदाधिकारीहरुले पानसमा दिप प्रज्योलित गरि शुभारम्भ गरेका थिए ।

उक्त नवनिर्मित भवन युनिभर्सिती अफ स्ट्राटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एकलाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनले निर्माण गरेको थियो । उक्त भवन वातावरण मैत्री ईंटाबाट निर्माण गरिएको थियो ।

बाढि तथा हावाहुरीले विद्यालयको पुरानो भवन जीर्ण भई पठनपाठनमा कठिनाई भईरहेको अवस्थामा नयाँ भवन बने पछि उक्त विद्यालयका विद्यार्थीहरु तथा शिक्षक शिक्षीकाहरु निकै खुशी देखिएका छन् । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले संचालन गरि आएको छ ।

उक्त कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरी, पशुपती शिक्षा प्रचार समिती नेपालका केन्द्रिय गुठियार सत्यदेव पाण्डे, कम्यूनिटि ईम्प्याक्ट नेपालका अध्यक्ष राजेश चौधरी लगायतका विभिन्न स्थानिय व्यक्तित्वहरुको उपस्थिती थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS