IME Life
Beema Board

राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ५ अर्ब, १८२ दिनका लागि  ४ अर्ब र ३६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः आगामी पुस २६, फागुन ३०, २०८० जेठ ३० र मंसिर २६ गते परिपक्व हुनेछन् ।

Prabhu
Crest

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS