IME Life
Beema Board

शेयर बजारमा दोहोरो अंकको गिरावट, चुनावको अन्तिम परिणामले थामिन सकेन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चुनावको सम्पुर्ण नतिजा सार्वजनिक हुँदा शेयर बजारमा भने भारि गिरावट देखिएको छ । राजनीतिक अन्योलता सँगै बैंकिङ तरलताको समस्याले अझै उग्र रुप लिने आकलन सँग शेयर बजारमा आजै ३१.९७ अंकको गिरावट आएको छ ।

चुनाव अगाडी बजारमा नयाँ तरलता आउने र नयाँ नेतृत्व चुनिने आशामा शेयर ह्वात्तै बढेको थियो । तर चुनाव पछि लगानीकर्ताले आशा गरे अनुरुप चुनावी परिणाम र बैंकिङ तरलताको समस्या समाधान नहुने संकेत सँगै बजार लगातार ओरालो झिरहेको छ ।

Prabhu
Crest

यदि बजारमा नयाँ तरलता नआउने हो भने छिट्टै नै बैंकहरु नयाँ कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुग्ने छन् । बैंकहरुले यस अवधिमा सुरक्षित खालेका घर कर्जा प्रवाह गरे पनि ओभर ड्राफ्ट कर्जा दिन सकेका थिएनन् । अर्को तर्फ घर जग्गामा चरम मन्दी आउदा यसको प्रत्यक्ष असर शेयर बजारमा पनि देखिन थालेको छ ।

साताको पहिलो दिन नेप्से सूचक ३१.९७ अंकले घटेर १८८५ दशमलब ३१ अंक कायम भएको छ । शेयर बजारमा दोहोरो अंकको गिरावट हुँदा १८० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने जम्मा २५ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । कतिपय लगानीकर्ताले अझै बैंकिङ तरलता दुई वर्ष सुधार नहुने संकेत देखिएकोले अवको दुई वर्ष शेयर बजार तल्लै विन्दुमा रहन सक्ने विश्लेषण गरिरहेका छन् ।

आज सिवाइसिएल नेपाल लघुवित्त, समिट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । नाडेप लघुवित्तको सर्वाधिक धेरै घट्ने क्रममा सर्किट लागेको छ । शिवम नविल बैंकको सर्वाधिक धेरै कारोबार हुँदा सोमबार समग्रमै एक अर्ब १० करोडको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

60%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS