IME Life
Beema Board

बीमा प्राधिकरणमा ३६ जनालाई रोजगारीको अवसर, सहायक प्रथमदेखि उपनिर्देशसम्म दरखास्त आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशन पदसम्मका लागि कर्मचारी आह्वान गरेको छ । प्राधिकरणले आजै सार्वजनिक सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

अधिकृत द्धिय स्तरको उप निर्देशक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट दुई जना र खुला प्रतियोगिताबाट एक जनाको लागि आवेदन माग गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरी उप निर्देशक पदकै एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सूचना प्रविधि अर्थात आइटीका लागि पनि उप निर्देशक पदकै लागि एक जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

Prabhu
Crest

प्रसासन तर्फ सहायक निर्देशक पदका लागि १५ जनाको दरखास्त आह्वान गरिएको छ । सहायक निर्देशक तर्फ नै कानुन तर्फ २ जना माग भएको छ । सहायक निर्देशक पदका लागि तीन जना चार्टर्ड एकाउन्टेन्ट आह्वान गरिएको छ । सूचना प्रविधि तर्फ पनि एक जना सहायक निर्देशक पदका लागि कर्मचारी माग गरिएको छ । प्रशासन तर्फै सहायक प्रथम पदका लागि १० जनाको आवेदन खुला गरिएको छ ।

इच्छुक आवेदकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने माघ दुई गतेसम्म आवेदन दिन सकिने छ । उप निर्देशक पदका लागि न्युनतम २१ वर्ष अधिकतम ४५ वर्ष उमेर समुहका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । त्यस्तै सहायक निर्देशक पदका लागि २१ वर्ष देखि ३५ वर्ष उमेर समुहकाले आवेदन दिन सक्ने छन् ।

प्राधिकरणका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । सहायक निर्देशक र उप निर्देशक पदमा आवेदन दिनमा लागि तोकिएको विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ । उपनिर्देशक पदका लागि आवेदन दिने सँग ५ वर्षको अनुभव समेत हुनु पर्नेछ । सहायक प्रथम श्रेणीका लागि कम्तिमा तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS