IME Life
Beema Board

दोस्रो बजारमा सूचिकृत ६४ कम्पनीको लाभांश घोषणा, बोनस भन्दा नगदमा जोड : कसको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये हालसम्म ६४ कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छन् । सो मध्ये कतिपयले लाभांश वितरण गरिसकेका छन् भने कतिपयले साधारणसभा आह्वान गरिसकेका छन् ।

आर्थिक वर्ष समाप्त भएको ५ महिना वित्नै लाग्दा म्युचुअल फण्ड सहित ६४ वटाले बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएका हुन् । यस वर्ष विगका वर्षको तुलनामा बोनस शेयरमा भन्दा पनि नगद लाभांशमा बढी जोड दिएका छन् । युनिलिभर एक्लैले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष १२१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । विगतका वर्षमा झै यस वर्ष पनि युनिलिभर नै सर्वाधिक लाभांश दिने कम्पनी भित्र परेको छ । त्यसैले गर्दा दोस्रो बजारमा सबैभन्दा महंगो शेयर युनिलिभरकै छ ।

Prabhu
Crest

युनिलिभर बाहेक अन्य कम्पनीले वितरण गरेको लाभांशको औषत हेर्ने हो भने जम्मा १५.४० प्रतिशत पर्न आउछ । तर युनिलिभरलाई पनि राखेर औषत हेर्दा ३४ प्रतिशत पर्न जान्छ । तर युनिलिभरलाई बाहेक अन्य कम्पनीहरुलाई हेर्दा यस वर्ष बोनस शेयर र नगद लाभांश बराबर जस्तै छ ।

कतिपय कम्पनीहरुले बोनस शेयर मात्रै दिएका छन् भने अधिकाम्सले नगद र बोनस शेयर मिलाएर घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकले विगतका वर्षमा बैंकहरुलाई नगद लाभांशमा कडाइ गर्दै आएको थियो । तर कोभिड १९ को प्रभाव कम हुँदै गए पनि राष्ट्र बैंकले नगद लाभांशलाई केहि खुकुलो बनाइदिएको हो ।

सर्वसाधारण शेयरधनीहरुका लागि नगद लाभांश भन्दा बोनस शेयर नै बढि लाभप्रद हुन्छ । तर संस्थापक शेयरधनीहरुलाई बोनस शेयर भन्दा पनि नगद लाभांश नै बढि लाभप्रद हुन्छ । किनकी ठुला लगानीकर्ताले नगद लाभांशबाट अन्य क्षेत्रमा लगानी गर्ने अवसर खोजिरहेका हुन्छन् । तर थोरै थोरै कित्ता शेयर हुने लगानीकर्ताका लागि बोनस शेयर नै बढि लाभदायक हुन्छ ।

यस वर्ष हिमालयन डिष्ट्रिलरी र बोटलर्स नेपाल (तराई)ले ७० प्रतिशत लाभांश दिएका छन् । अझ हिमालयनले शेयरधनीहरुलाई खुसी पार्दै ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिएको छ । तर बोटलर्सले भने ७० प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।

जलविद्युत समुह तर्फको रिडी पावरले यस वर्ष ४० प्रतिशत बोनस शेयर घोषणा गरेको छ । नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा अंकुश लगाए सँगै लघुवित्तको मुनाफा तुलनात्मक रुपमा खुम्चिएको छ ।

नगद लाभांश वितरणमा म्युचुअल फण्ड पनि अगाडी छन् । फण्डहरुले अधिकतम २२ प्रतिशतसम्म नगद लाभांश दिएका छन् ।

बाणिज्य बैंक

यस वर्ष १५ वटा बाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस वर्ष बाणिज्य बैंकहरुले बोनस शेयरमा भन्दा नगदमै बढि बल गरिरहेका छन् । बाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम लाभांश मेगा बैंकले ७.७९ प्रतिशत लाभांश दिएको छ ।

विकास बैंक तर्फ भने जम्मा ४ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । विकास बैंक मध्ये सबैभन्दा धेरै गरिमा विकास बैंकले साढे १४ प्रतिशत दिने भएको हो । फाइनान्स समुह तर्फ आइसिएफसीले मात्रै लाभांश घोषणा गरेको छ ।

जलविद्युत कम्पनी तर्फ ९ वटाले लाभांश घोषणा गर्दा सर्वाधिक धेरै रिडीको ४२ प्रतिशत छ । लगानी समुह तर्फका एनआरएन र निफ्राले लाभांश घोषणा गरिसकेका छन् । उत्पादन तथा प्रशोधनमुलक कम्पनी तर्फ ५ वटाले लाभांश दिदै गर्दा सर्वाधिक धेरै युनिलिभरको १२१५ प्रतिशत छ । नेपाल राष्ट्र बैंकको एकोहोरो पेलानका कारण अहिलेसम्म जम्मा ५ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएका हुन् । निर्जीवन तर्फ ७ वटा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

60%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS