SKIP THIS

GBIME
IME Life
Beema Board

मर्जर मार्फत एक बन्न लागेका प्रभु लाइफ र महालक्ष्मी लाइफलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स  मर्जर प्रक्रियामा छन् । प्रभु लाइफ आईपिओ निष्काशन गरिसकेको कम्पनी हो । महालक्ष्मी लाइफले आईपिओ निकालेको छैन ।  दुवै कम्पनीले चालु आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन:

चुक्ता पूँजीको आधारमा : कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रु. २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रु. २ अर्ब १० करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :  प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा रु. ५२ करोड ७५ लाख संचित छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा रु. ३१ करोड ७४ लाख संचित छ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा रु. ३ अर्ब २४ करोड हुँदा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा रु. २ अर्ब ४० करोड रहेको छ ।

बीमा शुल्क आर्जन :  प्रभु लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म रु. ५१ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सले रु. ३९ करोड ८४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा : प्रभु लाइफले चालु आवको तीन महिनाको अवधिमा रु. ३ करोड ३९ लाख खुद मुनाफा गरेकोमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद मुनाफा रु. ३ करोड २६ लाख रहेको छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

दावी भुक्तानीको आधारमा  : आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमाससम्म प्रभु लाइफले रु. २१ करोड ६ लाख खुद दावी भुक्तानी गर्दा महालक्ष्मी लाइफले रु. ६ करोड २९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

भुक्तानी हुन् बाँकी दावी : प्रभु लाइफको रु. ५० लाख भुक्तानी गर्न बाँकी दावी हुँदा महालक्ष्मी लाइफले रु. २ करोड १० लाख दावी भुक्तानी गर्न बाँकी देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS