IME Life

सानिमा बैंकद्धारा १८ वटा सुविधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता संचालनमा

SPIL
NIC ASIA

काठमाडौं ।  । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो ।

शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरीका भिसा नेटवर्क ए.टि.एम.मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्ट को शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

Prabhu
Crest

यस खाताले युवा वर्गहरु बीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS