IME Life

निर्जीवन बीमा कम्पनीको व्यवसायमा लगातार डाउनफल, किन घटिरहेको छ बीमा शुल्क आर्जन ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा लगातार डाउनफल देखिएको छ । आर्थिक मन्दीको असर नेपालको बीमा बजारमा देखिएको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेय बताउछन् । पाण्डेयका अनुसार आजका दिनमा व्यवसाय नै छैन । बैंकले कर्जा प्रवाह नगर्दा समग्र अर्थतन्त्र नै ठप्प छ । उद्योग व्यवसायमा चरम मन्दी छ । पछिल्ला तथ्याङ्क अनुसार बजारमा ७८ प्रतिशतसम्मले माग घटेको छ । व्यवसायिका अनुसार अटोमोबाइलको माग ७८ प्रतिशत र स्टिलको माग ६१ प्रतिशत घटेको छ ।

निर्जीवन बीमा कम्पनीको ठुलो बजार अटोमोबाइल क्षेत्रमै छ । यसरी अटो मोबाइलकै मागमा भारी गिरावट आउदा प्रत्यक्ष असर बीमा कम्पनीमा पर्छ । अर्को तर्फ बैंकले कर्जा प्रवाह नगर्दा आवासिय घर तथा अपार्टमेन्टको निर्माण ठप्प छ । जसले गर्दा स्टिल सिमेन्टको मागमा भारि गिरावट आएको छ । बैंकहरुले घर कर्जा प्रवाह गर्दा घरको अनिवार्य बीमा गराउछन् । यसले गर्दा बीमा कम्पनीहरुको सम्पत्ती बीमाको पोर्टफेलियोमा पनि गिरावट आएको छ ।

Prabhu
Crest

कोभिड १९ पछि भासिएको अर्थतन्त्र माथि उठ्न नसक्दा यसको प्रत्यक्ष असर बीमा कम्पनीको व्यवसायमा परेको शिखरका पाण्डेयको भनाइ छ । आर्थिक मन्दि सँगै कम्पनीहरुले पनि बीमा शुल्कको दर बढाउन सक्दैनन् । बरु उल्टै दर घटाएर बीमा कम्पनीहरु विचमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । अटोमोबाइलको पोर्टफेलियमा गिरावट आउदा कतिपय बीमा कम्पनीहरुले अण्डर टेवल कारोबार गरिरहेका छन् । जुन बीमा क्षेत्रकै लागि सर्वाधिक नराम्रो कुरा हो ।

आर्थिक वर्षको सुरुवाति दिनमा २५/३० प्रतिशत ग्रोथको टार्गेट सेट गरेका बीमा कम्पनीहरुको समेत ५ प्रतिशत भन्दा माथि ग्रोथ छैन । कतिपयकम्पनीको व्यवसायमै गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर यस वर्षको कार्तिकमा २ अर्ब ५२ करोड रुपैयाँ भन्दा गर्न सकेनन् ।

गत असार महिनामा निर्जीवन बीमा कम्पनीले ५ अर्ब २९ करोड रुपैयाँको व्यवसाय भित्र्याए । तर असार महिना यता निर्जीवन बीमा व्यवसाय लगातार डाउनफल भइरहेको छ । हिजोका दिनमा व्यवसायीहरुले आफू सँग स्टक हुँदा हुँदै पनि नयाँ कर्जा लिएर आयात गर्थे तर आजका दिनमा भएको स्टक क्लियर कसरी गर्ने भन्ने तर्फ छ । यस्तो अवस्थामा बीमाको पनि व्यवसाय राम्रो हुन सक्दैन ।

यदि यस्तै अवस्था रहिरह्यो भने निर्जीवन बीमा कम्पनीहरुलाई धेरै गाह्रो पर्ने देखिन्छ । व्यवसाय नआउने तर कर्मचारी मात्रै पालेर राख्नु पर्यो भने त्यता तर्फको संकटलाई समेत सोच्नु पर्ने अवस्था आउन सक्छ । नेपाल बीमा प्राधिकरणले पनि यहि समयमा मर्जरलाई फोर्स गरिरहेको छ । एकातिर व्यवसायमा मन्दी आउने अर्को तर्फ कम्पनीहरु मर्जर हुँदै जादा कम्पनीहरुले पनि राम्रो सिनर्जी क्रियट गर्न सक्ने देखिदैन ।

उदाहरणका लागि हिजोका दिनमा हिमालयन र एभरेष्टले छुट्टा छुट्टै गर्ने व्यवसाय मर्जर पछि कामय भएको कम्पनीले पनि त्यतिनै गरिरहेको छ । सुरुवाति समयमा छुट्टा छुट्टै व्यवसायलाई जोड्दा धेरै देखिए पनि संयुक्त कारोबार पछि एक प्लस एक दुई मात्रै देखिएको छ । यसको प्रमुख कारण अहिलेको आर्थिक मन्दी नै हो ।

नेपाल राष्ट्र बैंकले पनि अहिलेको समग्र अर्थतन्त्रलाई संबोधन गर्ने गरी कुनै पनि किसिमका पोलिसी ल्याउन सकिरहेको छैन । विभिन्न कारणले घरजग्गामा मन्दी छ । थोरै थोरै गरेर घर जग्गाको मूल्य समेत घटिरहेको छ । यदि घरजग्गाको मूल्यमा यहि दरमा गिरावट आउने हो भने नेपालको अर्थतन्त्र ढल्न कत्ती समय पनि लाग्दैन । बैंक वित्तीय संस्थाले अधिकाम्स कर्जा घरजग्गा धितो राखेरै प्रवाह गरेको हुँदा यस क्षेत्रको मूल्याङ्कन घट्ने वित्तीकै बैंकहरु लिलामीमा कसिने छन् । जसको परिणाम भयावह हुने निश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS